संसदमा आजदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै

संसदमा आजदेखि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै

काठमाडौं – संघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ।

 

 

बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। त्यही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो ।

 

प्रकाशित मिति : मंगलबार, बैशाख ३० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij