गभर्नर सिफारिशका लागि नयाँ समिति गठन

गभर्नर सिफारिशका लागि नयाँ समिति गठन

काठमाण्डाै – सरकारले गभर्नर छनोटका लागि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिश समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सिफारिश समिति खारेज गरेर पुनः नयाँ समिति गठन गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित नयाँ समितिमा पूर्वगभर्नरमध्येबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे रहनुभएको छ । यसअघिको समितिका विज्ञ सदस्य विश्व पौडेलको राजीनामापछि सरकारले पाण्डेलाई समेटेको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको व्यवस्थानुसार यसअघि गएको चैत ११ गते सरकारले गभर्नर सिफारिश समिति गठन गरेको थियो । एक महिनासम्म पनि बैठक नबसेको, गभर्नर छनोटमा समितिको भूमिका नरहेको भन्दै शुरूको समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिनुभएको थियो । त्यसपछि सरकारले भट्टराईको ठाउँमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरेको थियो ।

गएको चैत २५ गतेदेखि राष्ट्र बैंकमा गभर्नर पद खाली छ । कायममुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई दिइएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij