JanataToday.com

Advertisment

SKIP THIS

पोखरमा आजदेखि प्रधानमन्त्री कप एनभिए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिग सुरु

पोखरमा आजदेखि प्रधानमन्त्री कप एनभिए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिग सुरु

काठमाडौं , पोखरमा आजदेखि प्रधानमन्त्री कप एनभिए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिग सुरु हुँदैछ।

उद्घाटन खेलमा विभागीय टोली नेपाल एपिएफ क्लब कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँग खेल्नेछ।

महिलातर्फको यो खेल पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहान ८ बजे सुरु भइसकेको छ।

आजै बिहान १० बजे सुरु हुने दोस्रो खेलमा एभरेस्ट भलिबल क्लब बुटवल र विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी पहिलो दिन पुरुषतर्फ चार खेल हुनेछन्। बिहान १२ बजे एपीएफले सुदूरपश्चिम प्रदेश स्पोर्ट काउन्सिलसँग खेल्दा टिपटप हेल्प नेपालले अर्को विभागीय टोली त्रिभुवन आर्मीसँग २ बजे खेल्नेछ।

यसैगरी गण्डकी प्रदेश भलिबल एशोसिएसनले कोशी प्रदेश खेलकुद काउन्सिलसँग ४ बजे खेल्ने तालिका छ।

आजको अन्तिम खेलमा मुलपानी भलिबल क्लब र नेपाल पुलिस क्लबले खेल्नेछन्।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij