प्रधानमन्त्रीले एकै पटक ६४ वटा सडक शिलान्यास गर्ने

प्रधानमन्त्रीले एकै पटक ६४ वटा सडक शिलान्यास गर्ने

जनकपुर,नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एकै पटक ६४ वटा सडक शिलान्यास गर्न आइतबार मधेस प्रदेश जाने भएका छन्।मधेस प्रदेशको राजधानी जनकपुरधाममा आइतबार एकै पटक ६४ वटा पक्की सडकहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयले त्यसको आयोजना गरेको हो ।

प्रधानमन्त्री ओली भोली जनकपुरधाम स्थित निधी भवनमा डिजिटल प्रविधिबाट एकै पटक मधेसको ६४ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पाँच किलोमिटरको एक(एक सडक गरी ६४ सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन्। कुल ३२० किलोमिटर सडक निर्माणका लागि तिन आर्थिक वर्षमा सम्पन्न हुने गरी बहुबर्षिय खरिद गुरुयोजनाहरू स्वीकृत भई डिपिआर समेत सकेर शिलान्यास गर्न लागिएको हो । साढे ५ मिटर चौडाइ भएको उक्त सडक निर्माणमा कुल खर्च १२ सय ७० करोड खर्च हुने बताइएको छ।

मन्त्रालयले विश्व बैङ्कको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत १ सय ९८ किलोमिटर कालोपत्रे सडक निर्माण, ३ सय २६ किलोमिटर बृहत् सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ। प्रादेशिक सडक सञ्जाल गुरुयोजना अन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरण अन्तर्गतको यो विकास आयोजना सुरु हुन लागेको भौतिक पूर्वाधार विकास मन्त्री सञ्जय यादवले बताएका छन्।

प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदहरूको सिफारिसका आधारमा सडकको छनौट गरिएको र सर्वदलीय सहमति अनुसार कार्यक्रम गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले बताएका छन् ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij