JanataToday.com

Advertisment

SKIP THIS

१५ औं रनिङ शिल्ड प्रतियोगिता : बुटवल २९ स्वर्णसहित च्याम्पियन

१५ औं रनिङ शिल्ड प्रतियोगिता : बुटवल २९ स्वर्णसहित च्याम्पियन

बुटवल , रुपन्देहीमा सम्पन्न १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा बुटवल उपमहानगरपालिकाले शानदार प्रदर्शन गर्दै पहिलो स्थान हात पारेको छ। बुटवलले २९ स्वर्ण, १४ रजत र ४ काश्य पदक जित्दै प्रतियोगितामा अग्रता लिएको हो।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा र तिलोत्तमा नगरपालिकाको सहकार्यमा सम्पन्न प्रतियोगितामा रुपन्देहीका ७ वटा स्थानीय तहको सहभागिता थियो। शनिबार र आइतबार २ दिन भएका खेलहरू तिलोत्तमा नगरपालिका स्थित कुन्जलापुर झरना स्पोर्ट्स मैदानमा सम्पन्न भएको हो।

बुटवलपछि तिलोत्तमा नगरपालिकाले दोस्रो स्थान प्राप्त गर्‍यो। तिलोत्तमाले ७ स्वर्ण, ५ रजत र १९ काश्य पदक जित्दै उपविजेताको स्थानमा रह्यो।

तेस्रो स्थान सैनामैना नगरपालिकाले हासिल गर्‍यो। उसले ६ स्वर्ण, ९ रजत र १९ काश्य पदक जितेको थियो।

देवदह नगरपालिकाले ५ स्वर्ण, ५ रजत र १३ काश्य पदक जित्दै चौथो स्थान हात पार्‍यो।

त्यस्तै, सिद्धार्थनगर नगरपालिकाले ३ स्वर्ण, ९ रजत र ११ काश्य जित्दै पाँचौ , सियारी गाउँपालिकाले २ स्वर्ण, ६ रजत , ३ काश्य छैठौं र गैडहवा गाउँपालिकाले १ स्वर्ण, ५ रजत, ८ काश्य पदक सातौं स्थान हात पारे ।

प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीहरू प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दाङमा प्रतिस्पर्धा गर्ने छन्।

समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले विजेता टोलीलाई बधाई दिँदै खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

उनले भने, “बुटवल उपमहानगरपालिकाले अहिलेसम्म ५८ वटा खेलकुद प्रतियोगिता सञ्चालन गरिसकेको छ। हामीले खेल क्षेत्रमा निरन्तर लगानी गरेका छौं। यो लगानी व्यर्थ नजाओस् भन्ने चाहन्छौं।”

उनले स्थानिय तहसँगै जिल्ला र प्रदेश सरकारले पनि खेलकुदलाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बेला आएको बताए। उनले प्रदेशस्तरीय खेलमा सहभागी हुने टोलीलाई शुभकामना पनि दिए।

त्यसगरी विशिष्ट अतिथि तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमामा प्रतियोगिता सञ्चालन हुनु गौरवको विषय भएको बताए।

उनले भने, “हामीले खेलाडी उत्पादन गर्ने अवसर मात्र पाएका छैनौं, त्यो जिम्मेवारी पनि सफलतापूर्वक पूरा गरेका छौं। प्रतियोगिता निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न भयो, कुनै विवाद देखिएन, यो नै हाम्रो उपलब्धि हो।”

उनले तिलोत्तमा नगरपालिकाले खेल क्षेत्रमा लगानी बढाउँदै लगेको र भविष्यमा थप रणनीतिक योजनाहरू ल्याइने जानकारी दिए।

जिल्ला खेलकुद विकास समितिका प्रमुख चन्द्रकान्त आचार्यले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरे।

उनले भने, “खेलाडीहरूमा आत्मविश्वास देखियो। यस्ता प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने हाम्रो विश्वास छ।”

उनले खेल शारीरिक मात्र होइन, मानसिक सन्तुलन विकास गर्ने माध्यम भएको उल्लेख गर्दै पालिकाहरूलाई अझ बढी सक्रिय भएर खेलमा लगानी गर्न आग्रह गरे।

बुटवल उपमहानगरपालिकाका खेलकुद संयोजक बोनिन पियाले खेलकुदबाट युवामा सकारात्मक सोच, स्वस्थ जीवनशैली, सामाजिक सद्भाव र राष्ट्रिय पहिचान निर्माणमा सहयोग पुग्ने बताए।

उनले स्थानिय तहदेखि केन्द्रसम्म सबै निकाय मिलेर खेल क्षेत्रको विकासका लागि योजना बनाउनुपर्नेमा जोड दिए। “खेल प्रतिस्पर्धाबाट मात्र नभई, समाजलाई एकताबद्ध बनाउने माध्यम पनि हो,” उनले भने।

बुटवल उपमहानगर पालिकाका उपप्रमुख सावित्रा देवी अर्याल,तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख गङाराम पौडेल, बुटवल उपमहानगर पालिका शिक्षा शाखा प्रमुख कोपिला ज्ञवाली लगायतको सहभागीता रहेक थियो।

तिलोत्तमा नगर खेलकुद समितिका संयोजक लोक पुनले सहभागी टोली र सम्पूर्ण आयोजकलाई धन्यवाद दिँदै प्रतियोगिता सफल बनाएकोमा आभार प्रकट गरे।

 

यसैबीच, आगामी वर्षको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको जिम्मेवारी बुटवल उपमहानगरपालिकाले पाउने भएको छ। तिलोत्तमामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा जिल्ला खेलकुद विकास समितिले बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेलाई झण्डा हस्तान्तरण गर्दै आगामी संस्करणको जिम्मेवारी सुम्पिएको हो।

प्रकाशित मिति : सोमबार, जेष्ठ १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij