काठमाडौँ , नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले पुर्खाहरूले मुलुकभर २८ हजार विद्यालय सञ्चालनमा ल्याए पनि १७ हजार विद्यालय बन्द हुने अवस्थामा पुगेको बताएका छन्। यसका लागि समयमै कानून निर्माण नगर्ने विगतको नेतृत्व पनि दोषी रहेको बताएका छन्।
शनिवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले समयमै ऐन कानून निर्माण हुन नसक्दा अहिलेका समस्या आइरहेको बताएका हुन्। उनले पुर्खाहरूले मुलुकभर २८ हजार विद्यालय सञ्चालनमा ल्याए पनि १७ हजार विद्यालय बन्द हुने अवस्थामा पुगेको स्पष्ट पारे ।
सरकारी विद्यालयलाई विश्वास गर्ने वातावरण बन्न नसक्नु सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको उनको भनाइ छ। शिक्षा प्रणाली राम्रो नहुँदा मुलुकलाई अगाडि बढाउन समस्या हुने बताउँदै सांसद भण्डारीले ऐन कानून निर्माणमा गम्भीर बन्न नसक्दा वर्तमान परिस्थिति आएको उनको भनाइ थियो। उनले शिक्षकका सेवा सुविधाका कुरासँगै कर्तव्यका विषयमा गम्भीर बन्नुपर्ने स्पष्ट पारे।
भण्डारीले भने, ‘नेपालमा शिक्षा क्षेत्रमा समस्या देखिनुमा विगतको नेतृत्व दोषी छ। जसले समयमा ऐन ल्याउन सकेन, छलफल गर्न सकेन। हाम्रो पुर्खाले हाम्रो देशमा २८ हजार विद्यालय सञ्चालन गरे पनि १७ हजार विद्यालय बन्द हुँदै छन्। शिक्षकले सेवा सुविधाका कुरा गरे तर हाम्रो कर्तव्य के हो हामीले कस्ता विद्यार्थी उत्पादन गर्ने भन्ने कहिल्यै छलफल गरेनौँ। हाम्रा धेरै कमी कमजोरी छन्‚ यो सबै जिम्मा राज्यले लिनुपर्छ।’
उनले आफ्ना कमीकमजोरी सच्याउँदै यथार्थ धरातलमा पुगेर शिक्षा विधेयक बनाउने विषयतर्फ ध्यान दिनुपर्ने बताए।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्