काठमाण्डौ – यस वर्ष मनसुन समयमै भित्रिएको भए पनि तराई मधेशका धेरै ठाउँमा अझै पर्याप्त वर्षा भएको छैन । वर्षामा ढिलाइ हुँदा रोपाइँ शुरू गर्न पनि ढिलाइ भएको छ । सिञ्चित क्षेत्रमा रोपाइँ शुरू भए पनि आकाशे वर्षाको भरमा रहेका खेतमा भने किसानले धान रोप्न पाएका छैनन् ।
लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा धानखेती राम्रो हुने जिल्लाका रूपमा मानिन्छन् । असार दोस्रो हप्तामा पनि त्यस क्षेत्रमा पर्याप्त वर्षा भएको छैन ।
लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी विवेक पन्तका अनुसार असार १० गतेसम्म लुम्बिनी प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफलको १० प्रतिशतमात्र रोपाइँ भएको छ । यो रोपाइँ प्रायः पहाडी क्षेत्रको हो । कपिलवस्तु, दाङ र बाँके जिल्लामा छिटपुटबाहेक रोपाइँ शुरू भएको छैन ।
मध्य र पश्चिम तराईको तुलनामा पूर्वी तराईमा झनै कम पानी परेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। पोखरेलले बताउनुभयो ।
प्रकाशित मिति : बिहिबार, असार १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्