भैरहवा,। रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यको रिक्त एक पदका लागि आगामी कार्तिक १७ गते उपनिर्वाचन गर्ने निर्वाचन आयोगले निर्णय गरेपछि मतदाता नामावली दर्ता स्थगित भएको छ ।
हाल नियमित रुपमा निर्वाचन कार्यालयहरुबाट भइरहेको मतदाता नामावली दर्ता सम्बन्धी सम्पूर्ण कार्य असार १७ गतेदेखि अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गरिएको आयोगको सह–सचिव एवं प्रवक्ता नीता पोखरेलले अर्यालले जानकारी दिनुभयो ।
रुपन्देही–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक बोहराको २०८१ चैत १९ गते निधन भएपछि यो क्षेत्रमा सांसद पद् रिक्त भएको छ । रिक्त पदमा २०८२ कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ
प्रकाशित मिति : मंगलबार, असार १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्