JanataToday.com

Advertisment

SKIP THIS

सुनमा लगाइएको अब्यवहारिक कर विरुद्ध मोटरसाइकल र्‍याली,अनुगमन र विरोध सभा

सुनमा लगाइएको अब्यवहारिक कर विरुद्ध मोटरसाइकल र्‍याली,अनुगमन र विरोध सभा

 

बुटवल -सरकारले बजेटमार्फत् सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट अव्यवहारिक रहेको भन्दै आन्दोलनरत सुनचाँदी व्यवसायीहरूले आज पनि रुपन्देहीका विभिन्न स्थानमा बृहत मोटरसाइकल ¥याली विरोध सभा तथा अनुगमन गरेका छन् ।
रुपन्देही सुनचाँदी व्यवसायी संघको आयोजनामा तिलोतमा मणिग्रामबाट सुरु भएको देबदह ४ सितलनगर, ,६ नम्बर ,शंकरपुर ,धकधइ हुदै देवदहको खैरेनीमा सम्पन भएको हो ।

May be an image of 7 people, crowd and text

 

रुपन्देही सुनचाँदी वयवसायी संघ अध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सम्बोधन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ केन्द्रिय सदस्य चेतनारायण विश्वकर्मा विष्णुले महासंघले व्यवसायीको मागको सम्बन्धमा निरन्तर पहल गरिरहेको बताउनुभयो । उहाँले व्यवसायीहरुले महासंघले दिएको नियम पालना गर्दै निरन्तर कार्यक्रम गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि महासंघले लिएको नितीहरुमा यसै प्रकारले लाग्न आग्रह गर्नुभयो ।

May be an image of 2 people, crowd and text

विरोधसभामा रुपन्देही सुनचाँदी व्यवसायी संघका सल्लाहाकार प्रेम सेन्चुरीले सम्बोधन गर्दै लामो समय देखी सडक आन्दोलनमा रहदा पनी सरकारले सुन व्यवसायीको मागलाई सम्बोधन नगरेकोले सरकारले जनताको हितमा काम गर्न अग्रसर हुनुपर्ने बताउदै सरकारको यो निर्णयले व्यवसायीलाई मात्र होइन, उपभोक्तालाई समेत असर गरेको बताउनुभयो।

May be an image of 10 people and text that says 'दिद्की 客 ायीहरू एक हौ व्यवसायी सेंघ यत्रम ता कर र बहुमुलय हिरा र सुनमा 2% बिलासिता कर र हिरा तया बहुमुल्य पत्थर जन्य वस्तुमा ۹۵% मूल्य अभिवृद्धी (खबत) बिरुद्ध मोटरसाइकल रयाली, बिरोध सभा र अनुगमन का्यक्रम मिती २०5२/०३/२० शुत्रबार, स्थान लुस्विनी, कज्चवन, सैनमैना, शुद्धोंधन रुपन्देही सुनचांदी सौनामैना तुनवांदी ख्यावसायी सার् व्यवसायी संघ आवद्द संघहरू सुद्धोधन व्याबसाची सिहा्थनगर तुनचांदी ब्यावसायी संघ सुनबादी ब्याबसायी तिलोतमा सुनचांदी ग्याबसायी संघ लुम्बिनी तुन्यांदी स्यचसार्यी রेর सुनचांदी द्यावस्ाभी संघ ख्यवराबी संघ पेगत्य 성일천내로 प्रष्ट नीति नियमावली'

पूर्व केद्रिय सदस्य जोगलाल विश्वकर्माले सुनचाँदी व्यवसायीले पसल बन्द गरेर विरोध गरिरहेको बताउदै सरकारले यो माग नसुने अदालत सम्म पुग्ने बाध्य हुने बताउनुभयो ।

सल्लाहकार एम वि विश्वकर्माले व्यवसायीमाथि आर्थिक भार थोपरेकोले सुनचाँदीमा लगाइएको कर फिर्ता गर्नुपर्ने मुख्य माग रहेको बताउनुभयो ।

त्यस्तै संघका निवर्तमान अध्यक्ष रामकिसन विश्वकर्माले बजेटले गरेको विलासी कर अव्यवहारिक रहेको हुँदा निरन्तर अव्यवहारिक कर खारेज गर्नपर्छ भनेर विभिन्न संघसंस्थाको माध्यमबाट आन्दोलन गरिरहदा पनी बहिरो सरकारले नसुनेको आरोप लगाउनुभयो।

May be an image of 12 people and text that says 'तम्पूर्ण सुनचादी व्यवसायीहरू एक हो विलोतना विरोध कार्यत्रम सनचादी व्यवसायी सेंध सुबमा लगाड़एको 2% 2% बिलासिता कर बहुमुलःा हैरा पश्रमा भ्याट भव्सार सुजयादीको कारोवारको लामि ष्ट बीति नियमावलली निर्माण R सुनमा %x बिलासिता कर हिरा तथा बहुमुल्य पत्यर जन्य वस्तुमा 99% मूल्य अभिवृदी (खवत) बिरुडठ मोटरसाइकल याली, बिरोध सभा अनुगमन कार्यत्रम मिति 구0드R/09\/싱0 तुकवार स्थान सुम्विनी, कज्चन, सीनमेना, शुदीधन रुपन्देही सुनचांदी व्यवसायी संघ 調者 លហន់ መ bc सम्ाথी qrdo 관원 मुराचा'

कार्यक्रममा सल्लाहाकार विक्रम सुनार, सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष हरि विश्वकर्मा, संघ सचिव सुजता गहतराज, उद्योग वाणिज्य संघ देवदह अध्यक्ष हरि प्रसाद भण्डारी, देवदहका व्यापार संघ अध्यक्ष कोष बहादुर गुरुग तिलोत्तमा सुनचँदी व्यवसायी संघ अध्यक्ष कृष्ण रसाइली, देवदह अध्यक्ष इन्द्र सुनार,सिद्धार्थनगर अध्यक्ष राजन रसाइली लगायतले बोल्दै बजेटमार्फत सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर तत्काल खारेज गर्न र सरकारले गरेको निर्णय तत्काल फिर्ता दिन आग्रह गर्नुभयो ।

May be an image of 11 people and text that says 'सम्पूर्ण सुनचादी व्यवसायीहरु एक ही ตรา तिलोतमा विरोघ कार्यत्रम सुनचादी व्यावसारी संघ सुममा लगाइए्को 2% विलासिता ወጄ बहुमुलस हिरा पस्रमा 93% म्याट सारेज सुमको ममसार 6% कायम गर रुगदीको कारोवारको लाजि ਪੋट गीति नियमावली निर्माण गर सामरे सुनमा 2% बिलासिता कर हिरा तथा बहमुत्य पत्यर जन्य वस्तुमा १३% मूल्य अभिवृददी (खबत) बिरुड्ड मोटरसाइकल राली बिरोध सभा र अनुगन कार्यक्रम मिर्वি 207\/03\/30 នធា/ शुभवार स्थान सुस्यिनी, कज्बन, सैनर्मैना शुदोधन रुपन्देही सुनचांदी व्यवसायी संघ सिर शिपনর 전부볶를 ុកដាន मासवाकी सथ रश्यন सानबोह्ी नਰ ·제대함 एकताह्ी 파디키슈 E 精 सघ M េម n रজ পৃরথাটি 净配命 tng'

कार्यक्रम रुपन्देही सुनचाँदी व्यवसायी संघको आयोजना र शिद्धार्थनगर, तिलोत्तमा, देवदह, सुदोधन, सैनामैना, कञ्चन, लुम्बिनी सांस्कृतिक सुनचाँदी व्यवसायी संघको सहआयोजनामा भएको हो । रुपन्देही सुनचाँदी व्यवसायी संघ उपाध्यक्ष मनोज सेन्चुरीको स्वगत र महासचिव दिपक कौशलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटमार्फत् सुनलाई विलासिताको वस्तुकोरुपमा कर लगाएपछि व्यवसायीहरूले करसम्बन्धी त्यस्ता व्यवस्थाहरू खारेज गर्नुपर्ने माग राख्दै रुपन्देहि सुनचाँदी व्यवसायी संघले आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेको छ ।

May be an image of 4 people, scooter, motorcycle, street and text

प्रकाशित मिति : सोमबार, असार २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij