JanataToday.com

Advertisment

SKIP THIS

१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

रुपन्देही,  जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरीपैठारी गरेको करिव १३ लाख ४४ हजार २१० रुपैयाँ बरावरको अबैध सामान बरामद गरेको छ ।

प्रहरीले अबैध सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाईन कार्यालय बेलहियामा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. २ मेउडिहवाबाट वेवारिसे अवस्थामा रहेको एसी १ थान बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.१ बाइपासबाट एआरसी कलर बक्स, बेल्ट ७० पिस, चप्पलको सोल ४५ पिस, फलामको निप्पल ६०० पिस, चिनि १५० के.जी.र किराना सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले कञ्चन गाउँपालिका वडा नं. ०१ मटेरियाबाट लु ५ प ८८७१ नं. को मोटरसाइकल र लु ५ प ३८२३ नं. को मोटरसाईकलमा ल्याउदै गरोको बेवारिसे अवस्थामा रेहको ८ बोरा चिनी र किराना सामान मोटरसाइकल सहित बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरी टोलीले रोहिणी गाँउपालिका वडा नं. ३ धकधइबाट लु २८ प ९३४२ नं. को मोटरसाईकल सहित चिनी ५ बोरा, इन्डिया गेट चामल २१ के.जी. र किराना सामान बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिका वडा नं. ९ मंगलापुरबाट ३३ पिस कुर्ता सुरवाल,४० जोर जेन्स जुत्ता सहित भारत उत्तर प्रदेश जिल्ला महाराजगंज नौतुना बस्ने वर्ष ४५ को शिवशंकर यादवलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले गैडहवा गाँउपालिका वडा नं. ७ बाट लु ७ प १५५४ नं. को मोटरसाईकलमा ल्याउदै गरेको किराना सामान बरामद गरेको छ भने वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ नगरपालिका वडा नं. ८ बाट ना १ ह ९७९८ नं.को ई– रिक्सा, लु ३७ प ७४५६ नं. मोटरसाइकल सहित जिन्स पाईन्ट १९ पिस, टिसर्ट ३१ पिस, इन्जिन आयल १० ग्यालीन, हाईड्रोलिक पार्टस् १० पिस, रोटभेटर ब्लेड १८ पिस बरामद गरेको छ ।यस्तै प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाँउपालिका वडा नं. २ र ७ बाट लु २१ प ७२११ नं.को मोटरसाइकल सहित ११ बोरा चिनी, कुलर १ थान, किराना सामान तथा देवदह नगरपालिका वडा नं.११ बस्ने वर्ष २५ को मोछु मल्लाहलाई नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरी टोलीले रोहिणी गाँपालिका वडा नं. ६ बोदवारबाट २० पिस जिउँदो बोइलर कुखुरा बरामद गरेको छ ।

प्रकाशित मिति : सोमबार, असार २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij