काठमाण्डौ – आज शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव १७ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर बजार हरियाली हुँदा सुपरमादी हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशत भन्दा धेरैले बढेको छ ।
समग्रमा बजार बढेको दिन भगवती हाइड्रोपावरको शेयर भने ४ प्रतिशत भन्दा धेरैले ओरालो लागेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो आठ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको शेयर बजारमा आज तीन सय १७ वटा कम्पनीका दुई करोड ६५ लाख कित्ता शेयर नौ अर्ब ४१ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रकाशित मिति : मंगलबार, असार ३१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्