बुटबलमा सञ्चालित अबैधानिक आईभिएफ सेन्टरमा प्रशासनको छापा

बुटबलमा सञ्चालित अबैधानिक आईभिएफ सेन्टरमा प्रशासनको छापा

रुपन्देही , संघीय स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने प्रावधान रहे पनि बुटवलमा लामो समयदेखि अवैध तरिकाले सञ्चालनमा आएका वात्सल्यसहित आइभीएफ सेन्टरहरूमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुमगन गर्दै कारबाही गरेको छ ।अनुगमनमा महिलाका लागि अत्यन्त संवेदनशील मानिने डिम्बाशय र पुरुषको शुक्रकीटलाई ल्याबमा ‘फर्टिलाइजेसन’ गरी भ्रुण उत्पादन गरी बच्चा जन्माउने कृत्रिम प्रक्रिया आईभीएफ विधि  अनुमति नलिएर सञ्चालन गरेको पाइएपछि जिल्ला प्रशासनको नेतृत्वमा आएको स्वास्थ्य कार्यालय रुपन्देहीको टोलीले एक लाख रुपैयाँ जरिवानासहित अनुमति नलिदासम्मको लागि ताला लगाएको छ ।

बुटवल उपमहानगरपालिका वडा न नौं मिलन चोका रहेको वरदान आइभीएफ सेन्टर प्राली, बुटवल ६ सुख्खानगर श्रवण पथमा रहेको वात्सल्य बुटवल क्लिनिक प्राली र बुटवल १० राजमार्ग चौराहस्थित रहेको प्रनाभी आईभीएफ सेन्टर अवैधरुपमा सञ्चालन हुँदै आएको पाइएपछि तीन वटा आइभीएफलाई एक एक लाख रुपैयाँ जरिवाना गरेको छ, भने प्रनाभीलाई अनुमति नलिँदा सम्म ताला लगाइएको छ ।

मिलन चोकस्थित वरदानलाई इमर्जेन्सी विरामी हेरेपछि बन्द गर्ने भनिएकोमा पछि २१ जना विरामीहरुको जटिल समस्याको उपचार भइरहेको र धेरै क्षति हुने भएकाले ४५ दिनभित्र सञ्चालन अनुमति नलिए बन्द गर्ने चेतावनी दिइएको छ ।

स्थानीय पालिकाबाट सामान्य परामर्शको दर्ता र अनुमति लिएको वात्सल्यलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ भने आइभीएफ सम्बन्धि काम गरेको पाइएमा तालाबन्दी गरी थप कानुनी कारबाही गरिने निर्देशन दिइएको स्वास्थ्य कार्यालय रुपन्देही वरिष्ठ ल्याब टेक्निसियन खिमलाल पाण्डेले बताए ।तिलोत्तमा नगरपालिका जानकिनगरमा रहेको विपासना फर्टिलिटी सेन्टरले भने अनुमति लिएको पाइएको पान्डेले बताए ।

त्यस्तै तिलोत्तमा रहेको श्रीकृष्ण आई केयर सेन्टर एन्ड अब्टीकल्समा पनि छापा मारिएको छ । आई केयर सेन्टर अनुमति नलिई सञ्चालनमा ल्याएको देखिएपछि छापा मारिएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञावालीले वताए ।उनलेअनुगमनको पाटोलाई तीब्रताका साथ अघि बढाइने वताए ।

तीव्र गुनासोपछि अनुगमनका क्रममा अबैधानिक भेटिएपछि आईभीएफ सेन्टरमा छापा मारिएको र्र उनीहरुलाई जरीवाना गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले वताए ।

अनुगमनमा जिल्ला प्रशासन प्रहरी नागरिक समाज औषधी ब्यबसायी पत्रकार लगायतको सहभागीता रहेको थियो । बुटवलमा वरदान, पिपुल्स, वात्सल्य र प्रनाभी नामका आईभीएफहरू सञ्चालनमा रहेका छन।

यस्तो छ जनस्वास्थ्य सेवा नियमावली २०७७ मा

जनस्वास्थ्य सेवा नियमावली २०७७ को परिच्छेद ४ नियम १२ उपनियम १ मा स्वास्थ्य संस्थाको इजाजतपत्र तथा नवीकरण सम्बन्धमा लेखिएको छः, कसैले पनि इजाजतपत्र नलिई निजी, गैरसरकारी, सहकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन गर्न वा त्यस्तो संस्थाबाट स्वास्थ्य सेवा उपलब्ध गराउनु हुँदैन ।

नियम १२ को उपनियम ३ मा यो नियमावली प्रारम्भ हुँदाका बखत इजाजतपत्र नलिई सञ्चालनमा रहेका निजी, गैरसरकारी, सहकारी, गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्थाले यो नियमावली प्रारम्भ भएको मितिले तीन महिनाभित्र इजाजतपत्रको लागि निवेदन दिनु पर्ने स्पष्ट उल्लेख गरेको छ ।

अनुसूची ११ नियम १२ को उपनियम ९५० बमोजिम इजाजतपत्र लिँदा जनस्वास्थ्य सेवा ऐन, २०७५ जनस्वास्थ्य सेवा नियमावली, २०७७ तथा देहायका शर्तहरूको अधिनमा रहेर विभिन्न बुँदाहरूसहित स्थापना गर्न लागिएको ठाउँमा अस्पताल आवश्यक छ भन्ने स्थानीय तह र प्रदेशको सम्बन्धित निकायको सिफारिस पत्र नभइ नहुने जनाइएको छ ।

स्वास्थ्य कार्यलय रुपन्देहीका ल्यावटेक्सिशन अधिकृत खिमलाल पाण्डेले अब क्रमिक रुपमा डेन्टल ल्याव मेडिकल पोलिकिल्नीक अनुगमन गरिने र अबैध भएका लाई कानुनको दायरामा ल्याइने बताए ।

प्रकाशित मिति : आइतबार, साउन ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij