पूर्व राष्ट्रपति भण्डारी पुनः एमालेमा फर्किने बाटो क्लोज भयो : उपाध्यक्ष पौडेल

पूर्व राष्ट्रपति भण्डारी पुनः एमालेमा फर्किने बाटो क्लोज भयो : उपाध्यक्ष पौडेल

बुटवल – नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गणतान्त्रिक नेपालको राष्ट्र प्रमुख भएको व्यक्ति पुनः राजनीतिमा आउन उपयुक्त नहुने भएकाले विद्यादेवी भण्डारीको पार्टी नसदस्यता नविकरण गर्ने निर्णय भएको बताएका छन् । पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरणको च्याप्टर क्लोज भएको उनले बताए ।

४७ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बुधबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भण्डारी राजनीतिमा सक्रिय हुन उचित नहुने पार्टीको निष्कर्ष रहेको बताए ।​ भण्डारीले राष्ट्रपति बन्नुपूर्व नै पार्टी सदस्यता त्याग गरेकोले अब नवीकरण गर्न नमिल्ने उनको भनाइ छ । उनले पूर्वराष्ट्रपतिकै हैसियतमा बस्न भण्डारीलाई सुझाव दिए ।

‘सदस्यता नवीकरण गर्ने व्यवस्था हाम्रो पार्टीमा छैन । सदस्यता त्यागेको व्यक्तिको नवीकरण हुने होइन, नयाँ प्रक्रियाबाट जानुपर्छ । उहाँको सदस्यता स्थगित होइन, परित्याग हो । जुन चिज कायम छैन, त्यसको नवीकरण हुँदैन भन्ने प्रष्ट हुनुपर्छ,’ पौडेलको भनाइ थियो । एमाले कमजोर बनाएर, विग्रह ल्याएर रमाउन खोज्नेहरू विगतदेखि नै साइड लागेको उनको भनाइ छ । ‘एमालेको आन्तरिक जीवन व्यवस्थित बनाउने काम हामी आफैँले गर्नुपर्छ, अरुले सरोकार राख्न जरुरी छैन’, उनले भने । केन्द्रीय कमिटीले विधान संशोधनका लागि प्रस्तावित मस्यौदा पारित गरिसकेकाले सबैको सुझाव समेटिने भन्दै छिटो सुझाव दिन भनेका छन् ।

यसैगरी नेतृत्व उमेरले मात्रै नभएर विचार, दृष्टिकोण र क्रियाशीलताको आधारमा हुने भन्दै उपाध्यक्ष पौडेलले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा पार्टीले ७० वर्षे उमेर हद हटाउने निर्णय गरेको बताए । नेपालको कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका लागि पाठशाला भएको उनले बताए । मार्क्सवादभन्दा अरुबाट समाज रूपान्तरण हुन सक्दैन भन्ने मान्यताका साथ पुष्पलालले कम्युनिस्ट पार्टी निर्माण गरेका उनले स्मरण गरे ।

प्रकाशित मिति : बुधबार, साउन ७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij