निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्याङ्कन गर्ने

निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्याङ्कन गर्ने

काठमाण्डाै – निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्याङ्कन गर्ने भएको छ । यसका लागि आयोगले राजनीतिक दल स्वमूल्याङ्कनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेको छ ।

मस्यौदाले सङ्गठनात्मक संरचनाका लागि ८, आन्तरिक व्यवस्थापनका लागि २२ तथा दलको जिम्मेवारीका लागि १५ अङ्कभार प्रस्ताव गरेको छ । त्यसैगरी लैङ्गिक तथा समावेशी व्यवस्थाका लागि १०, कोष व्यवस्थापन र लेखापरीक्षणजस्तो महत्त्वपूर्ण पक्षका लागि २०, चुनावमा सहभागिता र प्रतिनिधित्वका लागि १५ तथा अन्य राजनीतिक व्यवस्थाका लागि १० अङ्कभार तोकिएको छ ।

स्वमूल्याङ्कनका क्रममा आयोगले दलहरूले विधान र कानूनको पालना गरे/नगरेको विस्तृत रूपमा हेर्नेछ । यसअन्तर्गत दलको विधानमा उल्लेख भएबमोजिम तहगत समितिहरूको गठन, पदाधिकारीको आवधिक चुनाव र संसदीय दल गठनको अवस्थाजस्ता विषयहरू मूल्याङ्कनको आधार बन्नेछन् । आन्तरिक व्यवस्थापनतर्फ सदस्यताको अद्यावधिक विवरण र नियमित बैठकहरूलाई हेरिने आयोगले जनाएको छ ।

आर्थिक पारदर्शिताका लागि दलको छुट्टै कोष, बैंक खाता सञ्चालन, २५ हजार रुपैयाँभन्दा माथिको सहयोग बैंकिङ प्रणालीबाट लिए/नलिएको र एक लाखभन्दा बढीको चन्दामा स्रोत खुलाएको/नखुलाएको जस्ता पक्षहरूको आयाेगले जाँच गर्ने छ । कार्यविधिलाई अन्तिम रूप दिन आयोगले सुझाव मागेको छ ।

प्रकाशित मिति : बिहिबार, साउन १५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij