JanataToday.com

Advertisment

SKIP THIS

नेपालले टप एन्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामा ५ वटा अभ्यास खेल खेल्ने

नेपालले टप एन्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामा ५ वटा अभ्यास खेल खेल्ने

file

काठमाण्डाै – टप एन्ड टी–२० शृङ्खला खेल्न अस्ट्रेलिया पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थप ५ वटा अभ्यास खेल खेल्ने भएको छ । टप एन्ड टी–२० शृङ्खलापछि नेपालले स्थानीय क्लबसँग ५ वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

नेपालले क्रिकेट एसीटी र साउथ अस्ट्रेलिया टिमसँग ४ टी–२० र १ एकदिवसीय क्रिकेट खेल्ने भएको हो । यी अभ्यास खेल अगस्ट २६ देखि ३० सम्म हुनेछ ।

नेपालले अगस्ट २६ मा एकैदिन क्रिकेट एसीटीसँग २ वटा टी–२० खेल्नेछ । यस्तै नेपालले अगस्ट २८ मा पनि एकैदिन साउथ अस्ट्रेलियासँग २ वटा टी–२० खेल्नेछ । यसैगरी नेपालले अगस्ट ३० मा साउथ अस्ट्रेलियासँग एकदिवसीय क्रिकेट खेल्नेछ ।

यसैबीच टप एन्ड टी–२० शृङ्खला आजदेखि शुरू हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा भोलि खेल्दैछ ।

प्रकाशित मिति : बिहिबार, साउन २९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij