भूमिसम्बन्धी विधेयकबारे छलफल गर्न बोलाएको संसदीय समितिको बैठक पाँच मिनेटमै सकियो

भूमिसम्बन्धी विधेयकबारे छलफल गर्न बोलाएको संसदीय समितिको बैठक पाँच मिनेटमै सकियो

काठमाण्डौ – प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक पाँच मिनेट बसेर सकिएको छ । आज बिहान साढे १० बजेका लागि बोलाएको बैठक गणपुरक सङ्ख्या नपुगेका कारण डेढ घण्टा पनि शुरु भएको थियो । तर बैठक शुरु भएको पाँच मिनेटमै स्थगीत भयो ।

बैठकमा समिति सभापति कुसुमदेवी थापाले समिति सदस्यहरुलाई भूमि सम्बन्धी सरकारले परिमार्जनहित प्रश्तुत गरेको प्रतिवेदन अध्ययन गर्न निर्देशन दिनुभएको छ । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको परिमार्जित प्रतिवेदनको मस्यौदामा सांसदहरुले बिरोध जनाएपछि भूमि मन्त्रालयले परिमार्जन गरेर अर्को मस्यौदा तयार पारी प्रस्तुत गरेको हो । जसमा सांसदहरुले अध्ययनको समय नपुगेकाले थप समय मागेपछि बैठक स्थगित गर्नुपरेको सभापती थापाले बताउनुभयो ।

समितिको बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले संशोधनकर्ताहरुसँग थप छलफल गर्नुपर्ने भएकाले पनि बैठक स्थगित गर्नुपरेको बताउनुभयो ।

नेकपा एमाले सांसद सरस्वती सुब्बाले सङ्घीय निजामति विधेयकबारे हालै भएको घटनाबाट सचेत रहँदै गुणात्मक बनाउन आफूहरुले समय माग गरेको बताउनुभयो । भूमिसम्बन्धी विषय राजनीतिक मुद्दा पनि भएकाले राजनीतिक रूपमा पनि सहमति गर्ने हिसाबले समय थप गरिएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : शनिबार, साउन ३१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij