जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म ११ जनाको ज्यान गयो

जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म ११ जनाको ज्यान गयो

काठमाण्डौ – जापानिज इन्सेफ्लाइटिसबाट अहिलेसम्म ११ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमका अनुसार ६३ जनामा जापानिज इन्सेफ्लाइटिस देखिएको छ ।

उहाँका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एकरएक जना तथा चितवन तीन जनाको ज्यान गएको तथ्याङ्क छ । ज्यान गुमाउनेमा आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् । अघिल्लो वर्ष सन् २०२४ मा जापानिज इन्सेफ्लाइटिसबाट २५ जनाको ज्यान गएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो । जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप नलगाएकामा सङ्क्रमण जोखिम उच्च छ ।

नेपालमा ८२ प्रतिशत बालबालिकालाई यो खोप लगाई सकिएको छ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिने गरेको डा। गौतमले बताउनुभयो । डा। गौतमका अनुसार जापानिज इन्सेफ्लाइटिस् मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे बेलुका तथा झिसमिसे बिहानीको समयमा बढी सक्रीय हुने गर्छ ।

धानबाली, दलदल र पानी जम्ने ठाउँ लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको र आवश्यक सावधानी अपनाउन सल्लाह छ । यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने गर्छ । यो रोग मानिसबाट मानिसमा भने नसर्ने डा।गौतमले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, भाद्र ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij