रुपन्देही कुष्ठरोगीको जोखिममा, १७० जना कुष्ठरोगी भेटिए

रुपन्देही कुष्ठरोगीको जोखिममा, १७० जना कुष्ठरोगी भेटिए

बुटवल , नेपाललाई २०६६ सालमा कुष्ठरोग निवारण देश घोषणा गरिएको १६ वर्ष बितिसक्दा पनि अझै पूर्ण निवारण हुन सकेको छैन। रुपन्देहीका स्वास्थ्य अधिकृतहरूले जनचेतनाको कमी र रोग लुकाउने प्रवृत्तिका कारण नेपालमा कुष्ठरोग निवारण हुन नसकेको बताएका छन्।

 

स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीका अनुसार, २०८००८१ को अन्त्यतिर नेपालका १८ वटा जिल्ला अझै कुष्ठरोगमुक्त हुन बाँकी रहेको बताए । रुपन्देही पनि यस सूचीमा पर्दछ। सरकारले कुष्ठरोगीलाई निःशुल्क औषधी उपलब्ध गराए पनि यहाँ कुष्ठरोग मुक्त हुन नसक्नु चिन्ताको विषय बनेको अधिकारीले बताए ।

 

स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकअनुसार, जिल्लामा हाल १७० जना कुष्ठरोगी छन्। मंगलबार आयोजना गरिएको अन्तरक्रियामा वोल्दै अधिकारीले विरामीहरू खोज्दै समुदायसम्म पुग्दा पनि निवारण गर्न कठिन भएको वताए ।

 

स्वास्थ्य कार्यालयका क्षयरोगका फोकल पर्शन टिकाराम अधिकारीले उपचाररत बिरामीले दुई महिनासम्म औषधी सवेन निको भएको ठानेर त्यसपछि नियमित औषधी सेवन नगर्नाले समस्या बल्झिने समस्या धेरै रहेको बताए ।

 

स्थानीय तह अनुसार बुटवल उपमहानगरपालिकामा २६, शुद्धोधन गाउँपालिकामा १८, तिलोत्तमा नगरपालिकामा १६, रोहिणी गाउँपालिकामा १६, सिद्धार्थनगर नगरपालिकामा १५, ओमसोतियामा १५, देवदह नगरपालिकामा १०, गैडहवा गाउँपालिकामा ८, मायांदेवी गाउँपालिकामा ८, मर्चवारी गाउँपालिकामा ७, सियारी गाउँपालिकामा ७, सैनामैना नगरपालिकामा ७, कञ्चन गाउँपालिकामा ६, कोटहीमाई गाउँपालिकामा २ र समहीमाई गाउँपालिकामा १ जना गरी कुल १७० जना कुष्ठरोगी छन्।

 

तिलोत्तमा नगरपालिका स्वास्थ्य अधिकृत रामप्रसाद भट्टरार्इ र अर्को अधिकृत केशब अर्यालले कुष्ठरोग प्रतिको भ्रम र डर हटाउन परिवार र समुदायमा रोगबारे सचेतना आवश्यक रहेको बताए । उनले तिलोत्तमा अहिले पनि १९ जना कुष्ठरोगी रहेको बताए । स्वास्थ्य कार्यालय रुपन्देही प्रमुख उमादेवी थापाले जिल्लालाई कुष्ठरोगमुक्त बनाउन समुदायमा गएर काम गरिए पनि विरामीहरूले रोग लुकाउँदा चुनौती भइरहेको बताइन् ।

 

उनले स्वास्थ्य मापदण्ड अनुसार १० हजार जनसंख्यामा १ जना भन्दा कम हुनु आवश्यक रहेको समेत बताइन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्ला र स्थानीय तहमा कुष्ठरोग नियन्त्रण कार्यक्रम अघि बढाइएको जानकारी दिएको छ। कार्यक्रम स्वास्थ्य कार्यालयको आयोजना र ल्याप्रोसी नेपालको सहयोगमा सरोकारवालासँग अभिमुखिकरणका रूपमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : बुधबार, भाद्र १८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij