काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी

काठमाडौ : नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी राखेको छ।

आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ। अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय तोकिएको नेपाली सेनाले जनाएको छ।

बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु कायमै रहेको नेपाली सेनाले जनाएको हो। निषेधाज्ञा र कफ्र्युको अवधिमा समेत एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी साधन सञ्चालन गर्न पाउनेछन्।

यस्तै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानका कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने जानकारी सेनाले दिएको छ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो टिकट देखाई विमानस्थलसम्म जान पाउने व्यवस्था गरिएको छ।

काठमाडौं उपत्यका बाहिरको क्षेत्रमा भने सुरक्षा परिस्थिति अनुसार सम्बन्धित जिल्ला सुरक्षा समितिले निर्णय गर्ने जनाइएको छ।

सुरक्षाकर्मीहरु नागरिकको जीवन रक्षा र मानवीय उद्धारमा निरन्तर सक्रिय रहेको भन्दै सहयोग र समन्वयका लागि समेत सेनाले गरेको छ।

 

प्रकाशित मिति : बिहिबार, भाद्र २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij