JanataToday.com

Advertisment

SKIP THIS

आज देशका पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली हुने

आज देशका पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली हुने

काठमाडौं ।
पाकिस्तान तथा आसपासको क्षेत्र भारतको राजस्थानमा न्यून चापीय प्रणाली र पश्चमी बङ्गालको खाडी देखि मध्यपूर्वी बङ्गालको खाडीसम्म न्युन चापीय रेखा कायम रहेकोले त्यसको सामान्य असर नेपालमा परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका केही भूभागमा आंशिक बदली रहेको तथा आज आज देशका पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली, मध्य पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
यसैगरीभोली देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ । पूर्वी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, मंगलबार देशका पूर्वी तथा मध्य भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ । पूर्वी पहाडी भूभागका थोरै र मध्य पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा हिमाली भूभागका थोरै स्थानहरुमा हिमपातको सम्भावना रहेको हुनाले हिमाली भूभागमा यात्रा गर्ने तथा बसोबास गर्ने सर्वसाधारणले सामान्य सतर्कता अपनाउनु उपयुक्त हुने पूर्वानुमान महाशाखाले जनाएको छ

प्रकाशित मिति : आइतबार, मंसिर १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij