काठमाण्डाै – सरकारले जेन–जी युवा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र वितरण शुरू गरेको छ । यही परिचयपत्रका आधारमा आन्दोलनका घाइतेहरूले सहज उपचार पाउने गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आज ट्रमा सेन्टरमा गएर घाइतेहरूलाई परिचयपत्र वितरण शुरू गर्नुभएको छ । भोलिदेखि नै देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिचयपत्र बाँड्न शुरू हुनेछ ।
यस्तै सरकारले जेन–जी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरणसँगै अस्पतालहरूमा डेडिकेटेड ‘जेन–जी क्लिनिक’ स्थापना गरेको छ । साथै जेन–जी आन्दोलनका घाइतेहरूलाई अस्पतालसम्म निःशुल्क आउजाउको व्यवस्थासमेत मिलाएको मन्त्रालयले जनाएको छ । घाइतेहरूको वर्गीकरण गर्न उपचारमा संलग्न विज्ञ डाक्टरहरूको संयोजकत्वमा कार्यदल गठन हुनेछ ।
एक पटक उपचार गरी पटक–पटक फलोअपमा जानुपर्ने घाइतेहरूका लागि स्वास्थ्य मन्त्रालयले वा सम्बन्धित अस्पतालले निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने छन् ।
प्रकाशित मिति : आइतबार, असोज १२ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्