औषधि विभागले भन्यो नेपालमा दर्ता छैन विक्री विरतण नगर्नू

औषधि विभागले भन्यो नेपालमा दर्ता छैन विक्री विरतण नगर्नू

काठमाडौं , औषधि व्यवस्था विभागले भारतमा उत्पादित ‘कोल्ड्रिफ कप सिरप’ नेपालमा दर्ता नभएको जनाएको छ। भारतमा कोल्ड्रिफ कप सिरपको सेवनबाट १८ जना बालबालिकाको मृत्यु भए पछि विभागले सार्वजनिक सूचना निकाली कप सिरप नेपालमा दर्ता भएर प्रयोगमा नआएको जनाएको छ।

विभागले जनस्वास्थ्यमा हानी गर्ने कुनै पनि औषधि वितरण र प्रयोग रोक्न सबै निकायलाई सतर्क रहन आग्रह गरेको छ। फार्मेसीहरूलाई विभागमा दर्ता नभएका औषधि बिक्री वितरण नगर्न निर्देशन दिइएको छ। विभागले औषधि उत्पादकहरुलाई रासायनिक पदार्थहरूको गुणस्तर परीक्षण र प्रमाणिकरण नगरी औषधि उत्पादन, आयात र वितरण नगर्न निर्देशन दिएको छ।

प्रोपाइलेन ग्लाइकोल, पोलिथाइलिन ग्लाइकल, सरबाइटल, ग्लाइसेरोल लगायतका रासायनिक पदार्थहरू प्रयोग गरिएका कफ सिरफ र अन्य औषधिहरूमा इथाइलिन ग्लाइकल र डायथाइलिन ग्लाइकल नामक हानिकारक तत्वको मात्रा परीक्षण गरी मात्र सुरक्षित रूपमा प्रयोग गर्नुपर्ने भन्दै उत्पादकहरुलाई आग्रह गरेको छ।

प्रकाशित मिति : बुधबार, असोज २२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij