
लुम्विनी, मंसिर १ / लुम्बिनी न्युज फेस्टिबल २०७६ शुरू भएको छ । “संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार” भन्ने नाराका साथ सुरु भएको महोत्सवमा मुलुकभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको क्लबका अध्यक्ष दिपेश पछाईले बताउनुभयो । मंसिर ३ गते सम्म चल्ने न्यूज फेस्टिबलको आइतबार प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक दिपेन्द्र बडुवालले बताउनुभयो ।
‘पत्रकारिता ः चुनौती र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले अहिले एउटै पत्रकार विभिन्न सञ्चारमाध्यममा काम गर्नु पर्ने बाध्यता रहेको बताउनुभयो । उनीहरुले सामाजिक सञ्जालका कारण पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु देखा परेको बताएका छन् । अहिलेको समयमा पत्रकारिता क्षेत्रमा विभिन्न समस्याहरु देखिएकोले त्यसको समाधानको लागि सम्पूर्ण सरोकावालाको ध्यान केन्द्रीत हुनुपर्ने उनीहरुको भनाइ थियो ।
प्रदेश ५ का उद्योग, पर्यटन बन तथा वाताबरण मन्त्री लिला गिरिले सञ्चारमाध्यमले तटस्थ भएर समाचार लेखिनुपर्नेमा कतिपय समाचारहरु बङ्ग्याएर आउनेगरेको बताउनुभयो।
नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गांउलेले पत्रकारहरुले सेवा गर्न थालेपछि समस्या देखिएको बताउनुभयो उहाले परम्परागत मिडियाको शैलीका पत्रकारितामा चुनौती बढ्ेको बताउनुभयो। अर्का पुर्व अध्यक्ष बिष्णु निष्ठुरीले बिभाजित पत्रकारले सहि सुचना दिन नसक्ने बताउनुभयो साथै उहाले पत्रकारको संख्या बढे पनि उनीहरुको गुणस्तरमा वृद्धि हुन नसक्दा समाजले खोजेको पत्रकारिता हुन नसकेको बताउनुभयो
लुबिनी प्रेस क्लबको आयोजनामा ३ दिन सम्म चल्ने फेस्टिवलमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, पुर्व अध्यक्षहरु किशोर नेपाल, शिव गांउले, बिष्णु निष्ठुरी, बरिष्ठ पत्रकार मोहन मैनाली, शुभास ढकाल, शुभशंकर कंडेल, नारायण वाग्ले, रघु मैनाली लगायतको बिषयगत प्रस्तुती रहने छ ।
फेस्टिवलमा बिभिन्न ८ शिर्षकमा प्यानलमा छलफल हुनेछ । सम्मेलनले देशको राजधानी काठमाण्डौंबाट प्रकाशीत प्रसाीरत मिडिया र मोफसलका मिडिया बीच हुने भेदभाव र खाडललाई पुर्नका लागि कोशे ढुङ्गा सावित हुन सक्ने विश्वाष लिइएको छ ।
कार्यक्रममा रुपन्देहीका ८० जना ,नवलपरासीका ३०, कपिलवस्तुबाट २० जना, पाल्पाबाट १५ जना, चितवनबाट १२ जना तथा पाँचथर, बाँके बर्दीया, जुम्ला, जनकपुर लगायतबा जिल्लाहरुबाट समेत प्रतिनिधीत्व रहेको कांर्यक्रम संयोजक बडुवालले बताउन’भयो ।
प्रकाशित मिति : आइतबार, मंसिर १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्