काठमाडौं , नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक आज जारी रहने भएको छ।
बैठक पार्टी कार्यालय सानेपामा दिउसो १ बजे सुरु हुनेछ। त्यसअघि बिहान ११ बजे पार्टी कार्यालयमै अनौपचारिक छलफल पनि राखिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। हिजो बसेको बैठकमा अधिकांश नेताहरूले आगामी मंसिर भित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताएका थिए।
बोल्न बाँकी रहेका नेताहरुले आज आफ्नो धारणा राख्ने छन्। कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले अहिलेको अवस्थामा सबै दलबीच समान धारणा बनाउन आवश्यक रहेको निष्कर्ष कांग्रेसले निकालेको जानकारी दिए। बैठकले असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्नेछ।
प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्