काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौले भोलिका सबै र्याली, सभा र प्रदर्शनलाई स्वीकृति नदिने निर्णय गरेको छ ।
र्याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आमनागरिकलाई सुरक्षा प्रत्याभूति गराउने कार्यमा थप जटिलता थपिने भएकाले त्यस्ता कार्यक्रम गर्नका लागि स्वीकृति प्रदान नगर्ने निर्णय भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । यस्तै प्रशासन कार्यालयले पूर्वस्वीकृतिविना कुनै कार्यक्रमहरू नगर्न पनि आग्रह गरेको छ ।
नेकपा एमाले निकट युवा सङ्घले भोलि काठमाण्डौमा मोटरसाइकल र्याली गर्ने घोषणा गरेको थियाे ।

प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्