JanataToday.com

Advertisment

SKIP THIS

टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता

टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता

काठमाण्डौ – जापानलाई ५ विकेटले हराउँदै नेपाल आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटमा समूह ‘बी को विजेता बनेको छ ।

जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले १२ बलअघि ५ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले ३८, गुल्सन झाले नटआउट २८ रन बनाए । जापानका शोमा स्लाटरले २ विकेट लिए ।

यसअघि अलि अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायो । जापानका कप्तान केन्डल फ्लेमिङले सबैभन्दा धेरै ६० रन बनाए । नेपालका सन्दीप लामिछाने र गुल्सन झाले २/२ तथा साेमपाल कामी र नन्दन यादवले १/१ विकेट लिए ।

नेपाल र जापानले आफ्नो पहिलो खेलमा कुवेतलाई हराउँदै यसअघि नै सुपर–सिक्समा पुगिसकेका थिए । कुवेत भने समूह चरणबाटै बाहिरिइसकेको छ ।

समूह विजेता बन्दै सुपर-६ मा पुगेको नेपालले २ अङ्क जोडेको छ । अब नेपालले सुपर-६ मा आइतबार समूह ‘ए’ को विजेता यूएई र सोमवार उपविजेता कतारसँग खेल्नेछ । यस्तै बाँकी २ खेलमा समूह ‘सी’ को विजेता र उपविजेतासँग खेल्नेछ ।

सुपर–६ मा शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij