गुल्मी, १ मंसिर. कफी खेतीको जननी जिल्ला गुल्मीमा देशैभरका कफी कृषकहरुको जमघट भएको छ । आईतवार यसरी देशैभरबाट भेला भएका कफी कृषकहरुले भव्य रुपमा गुल्मीको सदरमुकाम तम्घासमा १५ औं राष्ट्रिय कफी दिवस मनाएका छन ।
दिवसको उद्घाटन गर्दै गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य तथा परराष्टमन्त्री प्रदिपकुमार ज्ञवालीले सम्वोधनका क्रमा देशैभरका कफी कृषकहरुलाई स्वागत गर्दै कफीको जननी जिल्ला गुल्मीमा राष्ट्रिय कफी दिवस आयोजना गर्ने कृषि मन्त्रालयलाई धन्यवाद दिएका थिए ।
मन्त्री ज्ञवालीले अब हरेक कृषकले घरमा कफी खेती गर्नु आग्रह गर्दै सरकारले कफी सहित आधुनिक र ब्यवसायीक कृषिमा सक्दो सहयोग गर्ने बताएका थिए । आज भन्दा झण्डै ८० बर्ष अघि गुल्मीको आँपचौरबाट कफी खेतीको सुरुवात भएको स्मण गर्दै मन्त्री ज्ञवालीले उति बेला कफीको बजार नहुँदा आँपचौरका कृषकहरुले फाँडेर खेर फाल्नु परेको थियो , अहिले अन्तराष्ट्रिय बजारमा पुराउन नसकिने अबस्था रहेको बताए ।
केहि दिन अघि नेपाल भ्रमणमा आएका चिनका राष्ट्रपतिले समेत गुल्मीको कफी पिएर मन पराएको स्मरण गर्दै मन्त्री ज्ञवालीले चिनिया बजार पाउन थाल्यो भने नेपालको कफी पुराउन सकिने भएकोले ब्यापक रुपमा कफी खेतीको विकासमा कृषक र सरकार लाग्नु पर्नेमा जोड दिए । चिनिया राष्ट्रपतिको भ्रमणका क्रममा चिनले नेपालको सुन्तला लगायतको अमिलो जातको फुलफुल चिनमा निर्यात गर्ने सम्झौता भएको जानकारी समेत मन्त्री ज्ञवालीले गराए ।
सोही कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले कालापानीबाट नेपाली सेना हटाउन सरकार लागेको संकेत गरेका छन । उनले भने अतिक्रमित नेपाली भुमिबाट भारतिय सेना हटाएर आफ्नो भुमिको रक्षा गर्ने छौं । उनले राष्ट्रियता र सर्वभौम सत्ताका लागि अहिलेको सरकार एक कसै संग नझुक्ने भन्दै नेपाली जनता नेपाली भुमी रक्षाका लागि चिन्तित हुन नपर्ने कुरामा आश्वस्त हुन आग्रह गरेका थिए ।
प्रकाशित मिति : आइतबार, मंसिर १ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्