हमासले पुष्टि गर्‍यो विपीनको मृत्यु, शव इजरायललाई बुझाउने

हमासले पुष्टि गर्‍यो विपीनको मृत्यु, शव इजरायललाई बुझाउने

काठमाडौँ : हमासले नेपालका विपीन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ। जोशीसहित चारजना बन्धकको शव आजै इजरायललाई बुझाउने भएको हो।

 

 

हमासको सैन्य शाखाले चारजना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ। बीबीसीका अनुसार इजरायललाई इ इलौज,योस्सी शराबी, विपीन जोशी,  डानियल पेरेत्सको शव बुझाउन लागिएको हो।

हमासले आजै जीवित २० जनालाई मुक्त गरेको थियो। मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जनासम्मको हुनसक्ने बताइएको छ।

हमासले पछिल्लोपल्ट सन् २०२३ को ७ अक्टोबरमा किबुज क्षेत्रमा आक्रमण गर्दा अध्ययनका लागि गएका १६ जना नेपाली विद्यार्थी पनि परेका थिए।

आक्रमणको भोलिपल्टै इजरायलस्थित नेपाली दूतावासले आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको थियो। विपीन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो।

 

प्रकाशित मिति : सोमबार, असोज २७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij