आज बाट नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरु

आज बाट नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरु

काठमाडौँ ,नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार शुरु हुँदैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सभापति शेरबहादुर देउवा पनि केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि बाहिर नदेखिएका देउवा बैठकमा सहभागी हुने भएका हुन् ।

बैठकमा पेश गर्ने एजेण्डामा सहमति नजुटेका कारण त्यसअघि बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। शीर्ष नेताहरूबीच केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा सहमति जुट्न सकेको छैन।

एजेण्डामा सहमति नजुटेका कारण यसअघि आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक आजको लागि सारिएको थियो।

मंगलबार नै पार्टीको विशेष महाधिवेशनका निम्ति हस्ताक्षरसहितको प्रस्ताव दर्ता हुँदैछ । प्रस्ताव दर्ता गर्ने म्याद बिहान १० बजेसम्मका लागि थपिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा देशभरबाट संकलित हस्ताक्षर ५१ प्रतिशत पुगेको बताइएको छ।

 

 

 

प्रकाशित मिति : मंगलबार, असोज २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij