सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि गृहमन्त्रीको आह्वान

सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि गृहमन्त्रीको आह्वान

काठमाडौं – गृह मन्त्रालयले सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील रहेको भन्दै सबैपक्षलाई संयमित हुन आग्रह गरेको छ ।

सबैको जायज माग, चासो र सरोकारलाई सम्बोधन गर्न सरकार तयार रहेको भन्दै मन्त्रालय वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो ।

सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्ति समूहले धर्ना, जुलुस, प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गरेकोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

भदौ २३ र २४ गतेको आन्दोलनपश्चात् क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरी शान्ति सुुरक्षाको अवस्था सामान्य बनाएर निर्वाचन केन्द्रित वातावरण बन्दै गइरहेको भन्दै मन्त्रालयले देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अराजकता निम्तिनेतर्फ आयोजकहरू नै सचेत हुनुपर्नेमा जोड दिएको छ ।

जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकार आगामी फागुन २१ मा तय भएको निर्वाचन सम्पन्न गर्न लागिपरेको मन्त्रालयले भनेको छ ।

सोही अनुसार सरकारले निर्वाचन सम्बन्धी कानुनमा संशोधन, स्रोत र साधानको व्यवस्थापन, राजनीतिक दलहरू एवं सरोकारवालासँग वार्ता र संवाद गरिरहेको जानकारी दिएको छ ।

‘आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतको हक अधिकारहरू कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल् हुन नदिइ मुलुकमा साम्प्रादायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्द्धन गर्ने कार्यमा योगदान गर्न सबैमा अनुरोध छ,’ मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij