अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुगे मलेसिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुगे मलेसिया

काठमाडौं , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको क्वालालम्पुर पुगेका छन्।

थाइल्याण्ड र कम्बोडियाबीच हुने शान्ति सम्झौता अवलोकनका लागि ट्रम्प क्लालम्पुर पुगेको बताइएको छ। गत जुलाईमा थाइल्याण्ड र कम्बोडियाको सीमामा झडप भएको थियो।

दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको उक्त लडाईं ट्रम्पको दबाबपछि रोकिएको थियो। मलेसियामा रहँदा ट्र्म्प दक्षिण पूर्वी एसियाली देशहरुको संगठन आसियानको शिखर सम्मेलनमा पनि सहभागी हुनेछन्। उनी एक हप्ता एसियाली देशको भ्रमण रहने बताइएको छ।

भ्रमणका क्रममा उनी जापान तथा एसिया प्रशान्त आर्थिक मञ्च एपेकका नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन दक्षिण कोरिया पुग्ने कार्यक्रम छ। दक्षिण कोरियाको ग्योङ्जुमा हुने एपेक सम्मेलनका क्रमा ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्र

म छ।

 

प्रकाशित मिति : आइतबार, कार्तिक ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij