एमालेद्वारा ‘युथ भोलेन्टियर फोर्स’ गठन

एमालेद्वारा ‘युथ भोलेन्टियर फोर्स’ गठन

काठमाडौं । नेकपा एमालेले ‘युथ भोलेन्टियर फोर्स’ नामक लडाकु संरचना गठन गरेको छ।

आइतबार भक्तपुरको गुण्डुमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलाले फोर्सको घोषणा गरेको हो।

भेलाले एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतको संयोजकत्वमा युथ भोलेन्टियर फोर्स विधान तथा कार्यपत्र समिति गठन गरेको छ।

भेलामा बस्नेतले फोर्सले अराजकता नियन्त्रण र समाजमा सकारात्मक प्रभाव पार्ने काम गर्ने बताए। उनले युवाहरूलाई देश निर्माणको अग्रपंक्तिमा उभ्याउने उद्देश्य फोर्सको रहेको उल्लेख गरे।

त्यसैगरी, एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धामा मैदान खुला रहेको बताए। उनले पार्टीविरुद्धका गतिविधि गर्नेहरूको व्यवहार सह्य नहुने चेतावनी दिए।

समितिमा बस्नेतसहित समिक बडाल, विनोद पाण्डे, निशा लिम्बू, विनिता काफ्ले, महेश चौलागाईंलगायत रहेका छन्।

एमालेले ‘युथ भोलेन्टियर फोर्स’लाई पार्टीको सुरक्षात्मक संरचना (रक्षाकवच)को रूपमा लिएको बताइएको छ। फोर्सको औपचारिक नेतृत्व घोषणा भने आगामी मंसिर ५ गते गर्ने तयारी गरिएको बताइएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij