काठमाडौँ
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेस गरेका छन्।
उनले १५ औं महाधिवेशन कार्यतालिका पेस गरेका हुन्।
महामन्त्री थापाले पुस १६ गतेदेखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरेका छन्।
यसअघि महामन्त्री थापाले विभिन्न मितिसहितको कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिमा पेस गरेका थिए।
तर सभापति शेरबहादुर देउवा पक्षका अधिकांश पदाधिकारी र पूर्वपदाधिकारी फागुन २१ को चुनावअघि महाधिवेशन गर्न नहुने अडानमा रहेका थिए।यसैबीच सभापति देउवा पक्षले पनि महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी गरेका छन्
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्