काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेनजी युवाहरुलाई आग्रह गरेका छन्।
सोमवार सिंहदरबारस्थित मन्त्रालयमा जेनजी २.० ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो आग्रह गरे।
उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमका रहेको भन्दै अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै माग पूरा गर्न आग्रह गरे। उनले केही माग विचार गर्न सकिने मन्त्री पुनको भनाइ छ।
उनले भने, ‘अब यो तिमीहरूका सबै माग पूरा गर्ने हो भने तिमीहरू आफैँ चुनाव लड्ने, सरकार बनाउने, यसपछि आफैँले गर्ने। यो भन्दा अर्को उपाय छैन। यहाँ क्यामरा तेर्साएर बस्ने होइन। यस्तो कीसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँगाउँमा जाने हो। तिमीहरूको माग मात्रै पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ। अब जेनजीका भाईबहिनीहरू काठमाडौँ बस्न छाडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरू ल्याउने र यस्ता कीसिमका माग पूरा गर्ने।’
प्रकाशित मिति : सोमबार, मंसिर १ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्