काठमाण्डौ – कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेलमा हारजितको प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको हरियाणाका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबार्दिया नगरपालिका–७ का २४ वर्षीया रेविकासिंह ठकुरी रहेका छन् । ठकुरी भारतको चण्डीगढ बस्ने गरेको अनुसन्धाबाट खुलेको प्रहरीले जनाएको छ ।
एनपीएल दोस्रो संस्करणको क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई प्रायोजन गर्छौं भनी सामाजिक सञ्जाल ह्वाट्सएप र इन्ट्राग्राममार्फत सम्पर्क गरी सट्टाबाजी गराउन खोज्ने उनीहरुलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।
उनीहरुलाई हिजो सार्वजनिक गरी थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौको जिम्मा लगाइएको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्