JanataToday.com

Advertisment

SKIP THIS

लुम्बिनी लायन्सको विजयी सुरूवात, चितवन ६ विकेटले पराजित

लुम्बिनी लायन्सको विजयी सुरूवात, चितवन ६ विकेटले पराजित

काठमाडौं : नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले जितको सुरूवात गरेको छ। बिहिबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजमाथि ६  विकेटले जित हात पारेको हो।

१८.३  ओभर खेलेको लुम्बिनीका लागि रोहित पौडेल ३९ रन बनाए भने सन्दीप जोराले २८, डी आर्की र दिलिप नाथले क्रशम ११ र १० रन बनाए।  गुवाबदिन नैव ४४ रनमा अविजित रहे।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको  चितवनका लागि रवि बोपराले ५५ बलमा ४ चौका र तीन छक्काको मद्धतमा ६६ रन बनाए। त्यस्तै कुशल मल्लले १८ बलमा २१ रन बनाए। त्यसैगरी सैफ जैवले १५, देव खनालले १४ र दीपक बोहाराले १० रन बनाए।

त्यस्तै बलिङतर्फ लुम्बिनीका रूवेन ट्रुम्पलेन सर्वाधिक तीन विकेट लिए भने अभिशेष गौतम र गुलाबदिन नैवले दुई विकेट लिए।

यस अगाडि चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो।

प्रकाशित मिति : बिहिबार, मंसिर ४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij