ललितपुर । नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेको छ । सरकार गठन भएको २१ महिना पुग्दा काँग्रेसले सरकारले गरेको गलत क्रियाकलापको बुँदागत रुपमै आलोचना गरेको छ ।
‘कम्युनिस्ट सरकारको असफलता’ भन्दै काँग्रेसले २१ बुँदामा गरेको टिप्पणीमा उपनिर्वाचन अघि मतदाताले सरकारको २१ असफलतालाई केलाउन जरुरी रहेको बताएको छ ।
आजपार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको सवालमा सरकार असफल रहेको बताउनुभयो ।
यस्तै संविधान प्रति अपनत्वको दायरा विस्तार गर्न नसकेको, सत्ताको सैद्धान्तिक चरित्र निर्क्योलमै असफल भएको, संविधानको बाँकी कार्यभार पूरा गर्न नसकेको, कुटनीतिक मामिलामा अपरिपक्व भएको, मूल्य वृद्धि नियन्त्रण गर्न नसकेकोलगायतको विषयलाई काँग्रेसले सरकारको असफलताको रुपमा विश्लेषण गरेको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्