जीवन ओझाको अध्यक्षतामा भुवनेश्वरी भगवती मन्दिरमा नयाँ नेतृत्व

जीवन ओझाको अध्यक्षतामा भुवनेश्वरी भगवती मन्दिरमा नयाँ नेतृत्व

बुटवल – भुवनेश्वरी भगवती मन्दिरको १५ सदस्यीय नवनिर्वाचित समिति चयन भएको छ । बुटवल ४ मा रहेको मन्दिरको २४ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनबाट जीवन ओझाको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन भएको हो ।

जसको उपाध्यक्षमा अरुण कुमार श्रेष्ठ , सचिवमा रविन्द्र नाथ पंगेनी चयन हुनुभएको हो । यस्तै कोषाध्यक्षमा भिम बहादुर श्रेष्ठ , सहसचिव बाबुराम शर्मा चयन भएको निर्वाचन समिति संयोजक महेश्वर प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी सदस्यहरुमा लक्ष्मण ज्ञवाली , शिव अधिकारी , यमनाथ अधिकारी , नरेन्द्र शर्मा , नवीन वजिमय , उमा राना , रमा राजभण्डारी , लक्ष्मी खरेल , हरिमाया राना र आमन्त्रित सदस्यमा पुजेरी लेखनाथ ज्ञवाली चयन हुनुभएको छ ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेलले मन्दिर समितिले सदैव उत्कृष्ट काम गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । प्रमुख अतिथि शर्माले समिति सधै प्रतिवद्ध रहेर काम गरिरहेको भन्दै मन्दिरका लागि जुनसुकै किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा विश्व हिन्दु महासंघ जिल्ला उपाध्यक्ष डाक्टर बाबुराम ज्ञवाली , विश्व हिन्दु महासंघ बुटवल नगर समिति अध्यक्ष चन्द्रमान श्रेष्ठ , कृष्ण मन्दिर अध्यक्ष शर्मिला जोशीलगायतले बोल्नुभएको थियो ।

उपाध्यक्ष अरुण कुमार श्रेष्ठले मन्दिर सबैको साझा सम्पत्ति रहेको बताउँदै यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

सचिव प्रतिवेदन कार्यबाहक सचिव रविन्द्र नाथ पंगेनी , कोषाध्यक्ष भिम बहादुर श्रेष्ठको प्रतिवेदन कार्यक्रम संयोजक तथा सदस्य बाबुराम शर्माले वाचन गर्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष जीवन ओझाले मन्दिरको संरक्षकत्वमा बनेको तुलसीयुक्त धर्मशालाको पहिलो र दोस्रो तल्ला सञ्चालनमा रहेको र अब छिट्टै नै तेस्रो तल्लालाई पनि सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : सोमबार, मंसिर ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij