लुम्बिनी प्रदेशमा तस्करी मौलायो: मुख्य मन्त्री आचार्य

लुम्बिनी प्रदेशमा तस्करी मौलायो: मुख्य मन्त्री आचार्य

भैरहवा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश भित्र तस्करी मौलाएको बताउनुभएको छ । भैरहवामा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय शुरक्षा गोष्ठिीलाई सम्बोधन गर्दै उहाँले प्रदेशभित्र तस्करी मौलाउँदा व्यापक रुपमा राजस्व चुहावट भइरहेको बताउनुभएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालसहित १२ जिल्लाका सुरक्षा निकायका प्रमुखहरुकाबीच मुख्यमन्त्री आर्चायले लुम्बिनी प्रदेशमा रहेका भन्सार कार्यालयहरुबाट दिनदहाडै ट्रकका ट्रक अवैध रुपमा सामान भित्रिने गरेको बताउनुभयो ।

‘नेपाल–भारत सीमा क्षेत्रका भन्सारहरूमा राजस्व चुहावट भइरहेको र नियन्त्रण हुन नसकेको विषयमा सुरक्षा अधिकारीहरूको ध्यानाकर्षण गराउन चाहन्छु’, उहाँले भन्नुभयो– ‘अहिले पनि मिलेमतोमा भन्सार छली गरेर सामान भित्राइन्छ । यसको नियन्त्रण कसले गर्ने हो रु यसबारेमा हामी गम्भीर छौं कि छैनौं रु

ट्राफिक प्रहरीले चेकजाँचको नाममा सास्ती दिने गरेको भन्दै उहाँले ट्राफिक चेकजाँचलाई व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो । पर्यटकहरूलाई अनावश्यक झन्झट दिन नहुने उहाँको भनाइ छ ।

उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा सबै निकाय मिलेर काम गर्नु पर्ने बताउँदै त्यसको सुरुवात आफूले गरेको बताउनुभयो । मुख्यमन्त्री आचार्यले भदौ २३ र २४ गतेको घटनाको यर्थाथ छानबीन गर्नुपर्ने बताउँदै सुरक्षाको पूर्ण प्रत्याभूति नभए दलहरु निर्वाचनमा जान नसक्ने बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, मंसिर १० २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij