चुनावका लागि अनुकूल वातावरण बनाउन सरकार लागिरहेकाे छ : गृहमन्त्री अर्याल

चुनावका लागि अनुकूल वातावरण बनाउन सरकार लागिरहेकाे छ : गृहमन्त्री अर्याल

काठमाण्डाै – गृहमन्त्री ओमप्रकाश अर्यालले फेरि द्वन्द्व दोहोरिन सक्ने अवस्थालाई धेरै हदसम्म नियन्त्रणमा राखिएको बताउनुभएको छ । राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उहाँले चुनावका लागि अनुकूल वातावरण बनाउन सरकार तीव्र गतिमा लागिरहेको जानकारी दिनुभयो ।

सुरक्षा व्यवस्था सुदृढीकरण, लुटिएका हतियार फिर्ता, फरार कैदीबन्दीको खोजी, सुरक्षा निकायका संरचना पुनर्निर्माण, संवाद प्रक्रिया तथा हेल्प डेस्कमार्फत समन्वयजस्ता उपाय प्रभावकारी रूपमा अघि बढाइरहेको गृहमन्त्री अर्यालले बताउनुभयो ।

उहाँले आउँदो प्रतिनिधिसभा चुनावलाई लक्षित गरी सुरक्षा रणनीति बनाउन २० वटा निर्णय भइसकेको र म्यादी प्रहरी भर्ना तथा सेना परिचालनका प्रक्रियासमेत अघि बढाइएको बैठकमा जानकारी गराउनुभयो ।

यसैबीच गृहमन्त्री ओमप्रकाश अर्यालले धर्ना, जुलुस र विरोध कार्यक्रम गर्ने कार्यको सूक्ष्म निगरानी भइरहेको बताउनुभएको छ । त्यस्ता कार्यलाई मध्यनजर गरी प्रभावकारी रूपमा सुरक्षा व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

नवयुवाको आन्दोलनपछि विकसित भएको घटनाक्रम र राजनीतिक परिवर्तनपछिको अवस्थाबारे पनि सरकारले छलफल गरेको गृहमन्त्री अर्यालले बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, मंसिर ११ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij