प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन आज

प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन आज

काठमाडौँ , आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आइतबार सकिँदैछ। निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्मका लागि तोकेको थियो। यो अवधिमा दल दर्ताको चाप बढेको भन्दै आजसम्मका लागि म्याद थप गरेको थियो।

हाल आयोगमा १३७ दल दर्ता भएकामा नयाँ दल दर्ताको समय निवेदन प्राप्त भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराइले जानकारी दिए। आयोगले नयाँ दल दर्ताका लागि कात्तिक महिनाभरको समय दिएको थियो। फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मंसिर १० गतेसम्म १ सय ६ वटा दल दर्ता भएका थिए ।

बाँकी दलले त्यसयता दर्ता गरेका छन्। आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भने १३ वटा दल मात्र दर्ता भएका छन्। राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन चाहने दललाई मंसिर १ देखि ७ गतेसम्म दर्ताका लागि समय दिइएको थियो। आगामी राष्ट्रियसभा निर्वाचनमा १८ सदस्यका लागि मतदान हुनेछ ।

प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij