काठमाण्डौ – निर्वाचन आयोगले चुनावमा भाग लिन दल दर्ताका लागि आह्वान गरेअनुसार आज अन्तिम दिन रहेको छ । आयोगले प्रतिनिधिसभा सदस्य चुनावका लागि दल दर्ता गर्ने समय गएको मंसिर १ देखि १० गतेसम्म तोकेकोमा थप चार दिन थप गरेको थियो ।
थपिएको अवधि आज अन्तिम हो । त्यसअनुसार अस्ति शुक्रवारसम्म चुनावमा भाग लिन आयोगमा दर्ता भएका दलहरुको सङ्ख्या एक सय आठ वटा पुगेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनाव प्रयोजनका लागि दर्ता हुने दलको सङ्ख्या कांग्रेस, एमालेसहित एक सय आठ वटा पुगेको छ । आज पनि केही दल थपिन सक्ने अनुमान छ । दर्ता भएका दलहरुले आउँदो फागुन २१ का लागि तोकिएको चुनावमा भाग लिन पाउनेछन् ।
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्