काठमाडौ , नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण अन्तरगत आज समूह चरणको अन्तिम खेल हुदैछ।
खेलमा समूह चरणबाट नै बाहिरिएका कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै छन्।
खेल आज दिउँसो ३ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । समूहबाट अगाडि बढ्न नसके पनि दुवै टोली आजको भिडन्तमा जित सहित प्रतियोगितामा सुखद अन्त्य गर्ने दाउमा रहनेछन्।
प्रतियोगिताको ‘प्लेअफ’ समीकरण पूरा भइसकेको छ। सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स ‘प्लेअफ’ चरणमा प्रवेश गरिसकेका छन्।
मंगलबार हुने पहिलो ‘क्वालिफायर’ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्नेछन्। उक्त खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले काठमाण्डु र लुम्बिनी बिच हुने ‘एलिमिनेटर’ को विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो मौका पाउनेछ।
प्रकाशित मिति : आइतबार, मंसिर २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्