बुटवल ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले आफनो संस्थामा आवद्ध सवारी धनीको मृत्यु भएकोले उहाँको परिवारलाई राहात स्वरुप १२ लाख रुपैयाँ प्रदान गरेको छ ।समितिमा आवद्ध लु १ ख ९८८५ नम्बरका सवारी धनी साविक चिलिया ३का उमेश बहादुर ठकुरीको गत भदौ २० करेन्ट लागेर मृत्यु भएको थियो ।समितिले स्थापना गरेको सवारी धनी राहात कोषवाट २ लाख र समितिले गरिदिएको विमा रकमवाट १० लाख गरि कुल १२ लाख रुपैयाँ आज एक समारोहका बीच समितिका अध्यक्ष यम प्रसाद पाण्डेले मृतक ठकुरीकी श्रीमती गीता ठकुरीलाई प्रदान गरिएकोको महासचिव जित वहादुर भाटले बताउनु भयो ।
सियारी गाउँ पालिका १ चिलियाका ठकुरीको वाथ रुममा जम्मा भएको पानीलाई विद्युतिय मोटर जडान गरि वाहिर प्याक्ने क्रकमा करेन्ट लागेर मृत्यु भएको थियो ।
स्वं ठकुरी यातयात व्यवसायी सहकारी संस्थाका सदस्य समेत रहनु भएको थियो ।
प्रकाशित मिति : मंगलबार, मंसिर ३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्