काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले जितेको छ।
सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका लुम्बिनीका कप्तान रोहित कुमार पौडेल प्रतियोगितामा नेपाली खेलाडीतर्फ उत्कृष्ट भए। साथै उनी उत्कृष्ट ब्याटर पनि घोषित भए। उत्कृष्ट बलर भने विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने भएका छन्।
एनपीएल सिजन २: कुन खेलाडीले के जिते ?
-लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताको सर्वाेत्कृष्ट नेपाली खेलाडी घोषित- ओमोडा कार
-लुम्बिनी लायन्सका शेर मल्ल बने प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी- पल्सर बाइक
-लुम्बिनीका रुवेन ट्रम्पलम्यान बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी- ५ लाख पुरस्कार
-विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने बने प्रतियोगिताको उत्कृष्ट बलर- पल्सर बाइक
-लुम्बिनीका कप्तान रोहित पौडेल प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित- पल्सर बाइक
प्रकाशित मिति : शनिबार, मंसिर २७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्