बुटवल , नेकपा एमालेका नेता एवम प्रतिनिधिसभाका निवर्तमान सांसद बासुदेव घिमिरेले एमाले परित्याग गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै घिमिरेले एमाले परित्याग गरेका हुन् ।
उनले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै आजको दिन देखि आफु संगल्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको घोषणा गरेका छन् । घिमिरेले अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि रहेको पनि उल्लेख गरेका छन् ।
उनले हिजो साँझ राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्टीमा समाहित हुन प्रस्ताव आएको खुलासा समेत गरेका थिए । उनले प्रस्तावप्रति आफु सकारात्मक रहेको जनाउँदै एमाले परित्याग गरि नसकेको जनाएका थिए ।
उनले देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार रहेको जनाएका छन् । घिमिरेले आजसम्म यहाँ आईपुग्दा अवसर र जिम्मेवारी दिने सवै प्रति आभार पनि व्यक्त गरेका छन् ।
सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई सम्वृद्वीको यात्रामा अघि वढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव आफु सवैसंग संगसंगै रहने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित मिति : बुधबार, पुष १६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्