JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देही–३ मा एमालेबाट पौडेलसहित ११ जना सिफारिस

रुपन्देही–३ मा एमालेबाट पौडेलसहित ११ जना सिफारिस

भैरहवा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमाले ले रुपन्देही क्षेत्र नम्बर ३ बाट पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित ११ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।

पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ३, रुपन्देहीको आइतबार भैरहवामा सम्पन्न बैठकले ११ जनाको नाम सिफारिस गरेको क्षेत्रीय सचिव कृष्ण नेपालले बताउनुभयो ।

सचिव नेपालका अनुसार बैठकले पौडेलसहित राजेन्द्र प्रसाद पन्थी, बासुदेव घिमिरे, हरि प्रसाद अधिकारी, विश्वराज बराल अनुप  हितराज पन्थी, अयोध्या थारु, पम्फावती खनाल, सीता ढुंगाना काफ्ले, लक्ष्मी के।सी। र नर बहादुर घर्तीको नाम सिफारिस भएको छ ।

२०७९ सालको निर्वाचनमा रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का उम्मेदवार दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७४ सालमा यहाँबाट नेकपा एमाले का उम्मेदवार घनश्याम भुसाल निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : सोमबार, पुष २१ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij