भैरहवा, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमाले ले रुपन्देही क्षेत्र नम्बर ३ बाट पार्टीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलसहित ११ जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ ।
पार्टीको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ३, रुपन्देहीको आइतबार भैरहवामा सम्पन्न बैठकले ११ जनाको नाम सिफारिस गरेको क्षेत्रीय सचिव कृष्ण नेपालले बताउनुभयो ।
सचिव नेपालका अनुसार बैठकले पौडेलसहित राजेन्द्र प्रसाद पन्थी, बासुदेव घिमिरे, हरि प्रसाद अधिकारी, विश्वराज बराल अनुप हितराज पन्थी, अयोध्या थारु, पम्फावती खनाल, सीता ढुंगाना काफ्ले, लक्ष्मी के।सी। र नर बहादुर घर्तीको नाम सिफारिस भएको छ ।
२०७९ सालको निर्वाचनमा रुपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का उम्मेदवार दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७४ सालमा यहाँबाट नेकपा एमाले का उम्मेदवार घनश्याम भुसाल निर्वाचित हुनुभएको थियो ।
प्रकाशित मिति : सोमबार, पुष २१ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्