अमेरिकामा आप्रवासी रोक्न ५२ सय सैनिक परिचालन

अमेरिकामा आप्रवासी रोक्न ५२ सय सैनिक परिचालन

एजेन्सी । अमेरिकाले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने आप्रवासी रोक्नका लागि ५२ सय सैनिक परिचालन गरेको छ । हजारौंको संख्यामा मेक्सिकोको नाका हुँदै अमेरिका प्रवेश गर्ने बढेसँगै अमेरिकाले उनीहरुलाई रोक्नका लागि सैनिक परिचालन गरेको हो ।

अमेरिकाको टेक्सस, एरिजोना र क्यालिफोर्नियामा प्रवेश गर्ने आप्रवासीको संख्या बढ्दै गएको अवस्थामा यस्ताे निर्णय अाएको हो ।

अमेरिकी राष्ट्रपतिले यसअघि नै अवैधरुपमा अमेरिका प्रवेश गर्न चाहने आप्रवासीलाई सेना परिचालन गर्ने चेतावनी दिएका थिए । यसअघि नै अमेरिकाको सीमानामा २१०० राष्ट्रिय सुरक्षाकर्मीहरु परिचालन गरेको थियो । अमेरिकामा आउँदै गरेका मध्यावधि निर्वाचनलाई लक्षित गरी यस्तो योजना अघि साएिको हो ।

अझै पनि आप्रवासीहरु अमेरिकी सीमाभन्दा १ हजार माइल टाढा रहेका छन् । अमेरिकी मतदाताहरुलाई आप्रवासीको मुद्दा निकै महत्वपूर्ण रहने गरेको छ । यस्तोमा अहिलेको ल्याइएको योजना मध्यावधि निर्वाचनमा जित हासिल गर्ने ट्रम्पको दाउ रहेको विश्लेषकहरुको बुझाइ छ ।

यसअघि अमेरिकाले सीमाक्षेत्रमा ८०० सेना पठाउने तयारी गरेको थियो । अहिले अमेरिकाले सीमा क्षेत्रमा खटाएको सैनिकको संख्या इराक र सिरियामा खटाइएको सैनिकभन्दा पनि बढी हो । अमेरिकी राष्ट्रपति ट्रम्पले सीमाक्षेत्रबाट अवैधरुपमा आप्रवासीहरु आइरहेको भन्दै चिन्ता व्यक्त गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : मंगलबार, कार्तिक १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij