प्रतिनिधिसभाको निर्वाचन अनुगमनको तयारीमा आयोग 

प्रतिनिधिसभाको निर्वाचन अनुगमनको तयारीमा आयोग 

काठमाडौँ,   राष्ट्रिय मानव अधिकारले आगामी फागुन २१ को प्रतिनिधिसभाको निर्वाचन अनुगमनको तयारीमा रहेको जनाएको छ।

विज्ञप्ति जारी गरी आयोगले निर्वाचनमा राजनीतिक दलबाट जारी हुने निर्वाचन घोषणापत्र रप्रतिबद्धतापत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगले सबै दललाई आग्रह गरेको छ। राजनीतिक दलको महत्वपूर्ण भूमिका हुने भएकाले आफ्ना घोषणापत्रमा मानव अधिकारका विषय समेटी त्यसको कार्यान्वयको सुनिश्चितताका लागि प्रतिबद्धता जाहेर गर्नु राम्रो हुने आयोगले जनाएको छ।

मानव अधिकार संस्कृति निर्माण र विकासमा योगदान पुग्नुका साथै देशको मानव अधिकारको अवस्थामा सुधार गर्नसमेत मद्दत पुग्ने आयोगको भनाइ छ।

‘संविधानले आत्मसात् गरेको लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार र आवधिक निर्वाचनसमेतको माध्यमबाट नागरिकको मानव अधिकारको उपभोग सुनिश्चित गर्न राजनीतिक दलको समेत अहं भूमिका रहने कुरा आयोग सबै दललाई पुनः स्मरण गराउँछ’, विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : शुक्रबार, पुष २५ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij