श्रीलंकामा महिन्दा राजापाक्षे नयाँ प्रधानमन्‍त्री घोषित

श्रीलंकामा महिन्दा राजापाक्षे नयाँ प्रधानमन्‍त्री घोषित

काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटाभया राजापाक्षेले आफ्ना दाजु महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा घोषणा गरेका छन् ।

प्रधानमन्त्री रनिल बिक्रमासिंघेले राजीनामा दिएपछि राष्ट्रपति गोटाभयाले प्रमुख प्रतिपक्षी दलका नेता महिन्दाको नाम प्रधानमन्त्रीको रुपमा घोषणा गरेका गरेका हुन् । बिहीबार विक्रमासिंघेले आधिकारिक रुपमा पदमुक्त भएपछि महिन्दाले जिम्मेवारी सम्हाल्ने समाचार संस्था एएफपीले जनाएको छ

गत वर्षको अक्टोबर २६ मा तत्कालिन राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले विक्रमासिंघेलाई बर्खास्त गरेर महिन्दालाई प्रधानमन्त्री नियुक्त गरेका थिए । तर सर्वोच्च अदालतको आदेशपछि उनले राजीनामा दिनुपरेको थियो । सर्वोच्च अदालतले तत्कालिन राष्ट्रपति सिरिसेनाको निर्णयलाई अवैधानिक ठहर गरेको थियो ।

महिन्दा राजापाक्षे २००५ मा श्रीलंकाको राजनीतिमा शक्तिशाली बनेका थिए । सन्‍ १९७४ मा २४ वर्षको उमेरमा सांसद बनेका थिए । तीन दशक लामो आन्तरिक द्वन्द्व समाधान गरेको जस यीनैलाई जाने गरेको छ ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले मंगलबार नवनिर्वाचित राष्ट्रपति राजापाक्षेलाई भेट गरेका थिए । त्यस  क्रममा उनले श्रीलंकाको संसदको भविष्यबारे छलफल गरेका श्रीलंकाको पत्रिका कोलम्बो गजेटले लेखेको छ ।

उनले आफूसँग अझै बहुमत रहे पनि नयाँ जनमतलाई स्वीकार गर्दै राजीनामा दिने उल्लेख गरेका समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर ४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij